Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

 हुण्डीको १४ लाख २५ हजार नेपाली रपैयाँसहित दुई जना पक्राउ

सुनसरी । सशस्त्र प्रहरीले  देवनगंज गाउँपालिका ५ साहेवगंजस्थित बुढिखोलाको पुलबाट  १४ लाख २५ हजार नेपाली रपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २५ वर्षिय विनोद साह र रोशन कुमार साह छन् । सुनसरीको साहेवगंजबाट विराटनगरतर्फ जाँदै गरेको प्र. १–०२–०४० प ५४९९

नम्बरको मोटरसाईकलमा सवार उनीहरलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट साहेवगंजबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा

उनीहरुको साथमा रहेको उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि मोटरसाईकलसहित पक्राउ गरेको हो ।

बरामद रुपैयाँ तथा मोटरसाईकलसहित उनीहरुलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सुनसरीमा बुझाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077