Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कोटेश्वर भाटभटेनीद्वारा निषेधाज्ञाको उलंघन, ४ लाख जरिवाना

काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटलाई चार लाख जरिवाना तिर्न आदेश दिएको छ।
\
निषेधाज्ञाको समयमा पनि नियम उल्लंघन गरेको भन्दै जिल्लाका सीडीओ कालिप्रसाद पराजुलीले भाटभटेनीलाई चार लाख जरिवानाको आदेश दिएको जानकारी दिए।

यसअघि आइतबार सहायक सीडीओ उमाकान्त अधिकारी नेतृत्वको टोलीले दिउँसोको समयमा पसल खोलेको आरोपमा उक्त भाटभटेनीका म्यानेजर सागर गुरुङलाई पक्राउ गरेको थियो।

जारी निषेधाज्ञाको समयमा बिहान ९ बजेसम्म मात्र भाटभटेनी अर्थात् डिपार्टमेन्ट स्टोर खोल्न पाइने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077