Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

संसद विघटन : न्यायाधीशद्वय कार्की र भट्टराईले इजलास नछोड्ने

काठमाडौँ । न्यायाधीशद्वय दीपककुमार कार्की र डा.आनन्द मोहन भट्टराईले संसद विघटन सम्बन्धी मुद्दाको सुनुवाइका लागि गठित संवैधानिक इजलास नछोड्ने भएका छन्।

संवैधानिक इजलास सुरु भएलगत्तै आफ्ना भनाइ राख्दै इजलासका एक न्यायाधीश ईश्वर प्रसाद खतिवडाले संसद विघटन सम्बन्धी मुद्दा यही बेन्चले हेर्ने भन्दै बेन्च गठनको कुरामा अबदेखि बहस नगर्न आग्रह गरेका छन् ।

खतिवडाले भने, ‘हिजो अस्तिका कुरा कोट्याउन चाहन्न त्यो हाम्रो जानकारीमा छ । संयोगले जिम्मेवारी आएको छ अब यो जिम्मेवारीबाट हामी भाग्दैनौं ।’

उनले भने, ‘कहिलेकाहीँ शब्दबाट जवाफ हुन्छ, कहिलेकाहीँ उत्तर मौनता हुन्छ । अबदेखि बेन्च गठनको कुरामा बहसमा नउठाऔं ।’

बुधबार न्यायाधीश कार्की र भट्टराईले आफ्नो इजलासका सम्बन्धमा आफ्नो निर्णय सुनाउने भनिए पनि सुनाएनन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सुनुवाई जहाँ रोकिएको थियो त्यहिँबाट सुरु हुने बताएका छन् ।

प्रतिनिधि सभा विघटन सम्बन्धी विषयमा परेका रिटमाथि सुनुवाइका लागि गठित यो इजलासका २ न्यायाधीशमाथि आइतबार सरकार पक्षका कानुन व्यवसायीले प्रश्न उठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077