Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषदको पुनर्गठन, यी हुन् थपिएका नयाँ ८ मन्त्रीहरु

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको पुनर्गठन गरेका छन्।

आज प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७ जना मन्त्री र एक जना राज्यमन्त्रीलाई थप गरेर मनित्रपरिषदलाई पूर्णता दिएकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले एक विज्ञप्ति जारी गर्दै पुनर्गठित मन्त्रिपरिषदको नामावली सार्वजनिक गरेका छन्।

थपिएका मन्त्रीहरुमा नारदमुनी राना वनमन्त्री, मोहन वानियाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, खगराज अधिकारी गृहमन्त्री, नैनकला थापा संचारमन्त्री, ज्वालाकुमारी साह कृषिमन्त्री, राजकिशोर यादव उद्योगमन्त्री, गणेश पहाडी सामान्य प्रशासनमन्त्री र आशा विक वन राज्यमन्त्री रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077