Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेपाल पक्षका १७ सदस्यलाई २४ घण्टे स्पष्टीकरण

कैलाली। नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले माधवकुमार नेपाल पक्षका १७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ ।

प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै केपी ओली पक्षीय कमिटीले नेपाल पक्षका १७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको हो।

प्रदेश कमिटी अध्यक्ष कर्ण थापाका अनुसार पार्टीको निर्देशन विपरीत मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिएको भन्दै कमिटीले १७ जनालाई २४ घण्टे स्पष्टीकरण पत्र पठाएको हो ।

पत्रमा उनीहरुलाई पार्टीको निर्देशन उल्लंघन गरेर मुख्यमन्त्रीको पक्षमा मतदान गर्नुको कारणसहित २४ घण्टाभित्र जवाफ पेश गर्न भनिएको अध्यक्ष थापाले बताए।

मुख्यमन्त्री भट्ट माओवादी केन्द्रका हुन् । यसअघि नेपाल पक्षले भट्टलाई मत नदिने ओली पक्षका सात सांसदलाई पनि २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077