Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुखले आह्वान गरेको शीर्ष नेताहरूको बैठकमा ओली नजाने

काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको बैठक आह्वान गरेका छन्।

आज सभामुख सापकोटाले दिउँसो २ बजे संघीय संसद भवन नयाँबानेश्वरमा समसामयिक विषयमा छलफल गर्न शीर्ष नेताहरुको बैठक आह्वान गरेका हुन्।

सभामुखको सचिवालयका अनुसार बैठकमा राजनीतिक दलका प्रमुखहरु र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ।

बैठकमा सहभागिताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि पत्राचार गरिएको सभामुखको सचिवालयले जनाएको छ। तर, सभामुखले बोलाएको छलफलमा प्रधानमन्त्री ओली सहभागी हुने नहुने निश्चित छैन।

यसअघि सभामुख सापकोटाले कानुनविदसँग परामर्श गरेका थिए। कानुनविदसँगको परामर्शका क्रममा सापकोटाले संसद विघटनविरुद्ध असाधारण कदम पनि चाल्न सक्ने चेतावनी दिएका थिए। तर त्यो असाधारण कदम के हो उनले खुलाएका छैनन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077