Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विश्वकप छनोटमा नेपाल अस्ट्रेलियासँग पराजित

काठमाडौं । कतार विश्वकप फुटबलको एसियाली छनोटको दोस्रो चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियासँग ३–० गोलअन्तरले पराजित भएको छ ।
कुवेतको अन्तर्राष्ट्रिय रंगशालामा शुक्रबार राति भएको खेलमा नेपाल पहिलो हाफमै १० खेलाडीमा सिमित भएको थियो। अस्ट्रेलियाले दोस्रो हाफमा एक गोल मात्र गर्न सक्यो। छैटौँ मिनेटमा अग्रता लिएको अस्ट्रेलियाले ३८ औँ मिनेटमा त्यसलाई दोब्बर बनाएको थियो। खेलको ४५ औँ मिनेटमा नेपालका अनुभवी डिफेन्डर रोहित चन्दले रातो कार्ड पाए ।

अस्ट्रेलियाका खेलाडीलाई डि बक्सबाहिर पछाडिबाट तानेपछि चन्दलाई सोझै रातो कार्ड देखाइएको थियो। अस्ट्रेलियाले ५७ औँ मिनेटमा तेस्रो गोल गर्यो ।

नेपाल ८ खेलबाट ६ अंक जोडेर समूहको चौथो स्थानमा रह्यो। नेपालले चाइनिज ताइपेईविरुद्धका दुवै खेल जितेको थियो। अन्य तीनवटै टोलीसँग भएका सबै खेलमा नेपाल पराजित भएको हो । अस्ट्रेलियासँग पहिलो खेलमा नेपाल ५–० गोलअन्तरले पराजित भएको थियो। नेपाल यसअघि कुवेतसँग ७–० र १–० तथा जोर्डनसँग ३–० र ३–० गोलअन्तरले पराजित भएको थियो । यस्तै चाइनिज ताइपेईलाई भने नेपालले दुवै खेलमा समान २–० गोलअन्तरले पराजित गरेको थियो । अब नेपालले एसिया कप छनोटका लागि प्ले अफ खेल्ने छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077