Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

लुम्बिनीमा सरकारको विपक्षमा मतदान गर्न जसपाको ह्वीप

बुटवल । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)ले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा उभिन आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ।

आज जसपा प्रमुख सचेतक पुर्मती ढेंगा मगरले एक वक्तव्यमार्फत् सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेकी हुन।

लुम्बिनीमा मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको मन्त्रिमण्डलमा जसपाका सांसद विजयकुमार यादव, सुमन शर्मा रायमाझी, सन्तोषकुमार पाण्डेय र कल्पना पाण्डेय सहभागी छन्।

यसअघि जसपाले कारबाही गरेपछि उनीहरु चारै जनाको सांसद पद गुमेको थियो । तर पछि सर्वोच्चले पुनर्बहालीको अन्तरिम आदेश दिएको थियो।

लुम्बिनीमा जसपाका ६ जना सांसदमध्ये ४ जना महन्थ-राजेन्द्र पक्षधर छन् भने बाबुराम-उपेन्द्र पक्षधर २ जना सांसद रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077