Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

प्रशासनद्वारा निषेधाज्ञामा होटल खोल्ने सञ्चालकबाट ४ लाख र ८ जना ग्राहकहरुबाट १५-१५ हजार जरिवाना असुली

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा उल्लंघन गर्दै होटल खोलेको आरोपमा होटल संचालकलाई जरिवाना गरेको छ।

उपत्यकाको त्रिपुरेश्वरस्थित युनाइटेड विजनेस होटलका संचालक आश्विन श्रेष्ठलाई निषेधाज्ञा उल्लंघन गर्दै होटल खोलेको आरोपमा महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले आज बिहान पक्राउ गरेको थियो ।

प्रहरीले होटेलका म्यानेजर श्रेष्ठ र ८ जना ग्राहकहरूलाई पक्राउ गरेर जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाएको थियो ।

सरकारले हालै जारी गरेको कोभिड-१९ संकट व्यवस्थापन गर्न बनेको अध्यादेश २०६७८ को दफा २१ को प्रावधान अनुसार उनलाई सीडीओ कालीप्रसाद पराजुलीले जरिवानाको आदेश गरेका हुन् ।

तर, यहाँ होटलका सञ्चालक मात्र नभएर ग्राहकहरू पनि जरिवाना तिर्न वाध्य भएका छन् । जसमा होटलका संचालक श्रेष्ठलाई ४ लाख रूपैयाँ र ग्राहकहरुलाई जनही १५-१५ हजार जरिवाना तिराइएको छ ।

जरीवाना तिर्नेमा रोहित तामाङ, सुजन नेपाली, नितिश खड्का, योगिता तामाङ र दुई विदेशी नागरिक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077