Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • जनमोर्चाका सांसद थापालाई पुनर्वहाली गर्ने आदेशविरुद्ध पुनरावलोकनमा सुनुवाइ हुँदै

    जनमोर्चाका सांसद थापालाई पुनर्वहाली गर्ने आदेशविरुद्ध पुनरावलोकनमा सुनुवाइ हुँदै

    अनलाइन नेपाल
  • सोमबार, ३१ जेष्ठ २०७८
  • 1.9K
    SHARES

    काठमाडौँ । गण्डकी प्रदेशसभाका सदस्य एवं राष्ट्रिय जनमोर्चाका नेता कृष्ण थापालाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्चमा परेको पुनरावलोकन (भ्याकेट) को निवेदनउपर आज सुनुवाइ हुने भएको छ ।

    सुनुवाइका लागि न्यायाधीशद्वय विश्वम्भर श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलास तोकिएको छ ।



    सर्वोच्चको अन्तरिम आदेशविरुद्ध प्रदेशसभा सभामुख नेत्रराज अधिकारीसहित, प्रदेशसभा सचिवालय र राष्ट्रिय जनमोर्चाको तर्फबाट अलग-अलग भ्याकेटका निवेदन परेका छन् ।



    सांसद थापालाई पार्टीले पार्टीको निर्देशन उल्लघंन गरेको भन्दै कारवाही गरेको थियो । तर, अदालतले भने थापालाई पुनर्वहालीको आदेश दिएको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार