Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अयोध्यामा राम मन्दिर निर्माणका लागि जग्गा खरिदमा ठूलो घोटाला, २ करोडको जग्गा कसरी पुग्यो साढे १८ करोड ?

    अयोध्यामा राम मन्दिर निर्माणका लागि जग्गा खरिदमा ठूलो घोटाला, २ करोडको जग्गा कसरी पुग्यो साढे १८ करोड ?

    अनलाइन नेपाल
  • सोमबार, ३१ जेष्ठ २०७८
  • 2K
    SHARES

    एजेन्सी। अयोध्यामा राम मन्दिर निर्माणका लागि जग्गा खरिदमा ठुलो घोटाला र भ्रष्टाचारको आरोप छ।

    समाजवादी पार्टीका नेता तथा पूर्व विधायक तेजनारायण पाण्डे उर्फ ​​पवन पाण्डेले  २ करोडमा किन्न लागिएको जग्गा केही समयपछि करोडमा १८.५ करोडमा किनेर भ्रष्टाचार गरिएको आरोप लगाएका छन् ।



    रामजन्मभूमि ट्रस्टका सचिव चम्पाट राईले यी आरोपहरूलाई आधारहीन र राजनीतिक भनेका छन् । एक प्रेस विज्ञप्ति जारी गर्दै चम्पाट राईले श्री रामजन्म भूमि तीर्थ क्षेत्र ट्रस्टले खरीद गरेको जग्गाको रकम खुल्ला बजार मूल्यभन्दा धेरै कम मुल्यमा खरीद गरिएको उल्लेख गरेका छन्।



    आइतवार समाजवादी पार्टीका नेता पवन पाण्डेले अयोध्यामा पत्रकार सम्मेलन गरी जग्गाको बिक्री २ करोडमा भएको आरोप लगाएकै दिन त्यस जग्गाको सम्झौता १८.५ करोडमा भएको वताए । पवन पाण्डेले भने, ‘मार्च १८ २०२१ मा लगभग १० मिनेट अगाडि बैना भयो र त्यसपछि सम्झौता पनि भयो। पवन पाण्डेले प्रश्न उठाए कि केही मिनेटमा २ करोडको जग्गा साढे १८ करोडको कसरी भयो?

    उनले राम मन्दिरको नाममा जग्गा किन्ने बहानामा राम भक्तलाई ठगी गरिएको आरोप लगाए।

    उनले मेयर र ट्रस्टलाई जग्गा किन्ने सम्पूर्ण खेल थाहा हुँदा पनि किन किनियो भन्र प्रश्न गरेका छन् । पवन पाण्डेले यस सम्पूर्ण मामिलामा सीबीआई छानबिनको माग गरेका छन्। आम आदमी पार्टीका सांसद संजय सिंहले पनि लखनऊमा प्रेस सम्मेलन गरेर राम मन्दिरको नाममा जग्गा किनिएको विषयमा भ्रष्टाचार भएको आरोप लगाएका छन्।  –बिबिसी हिन्दीको सहयोगमा

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार