Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अयोध्यापुरीमा राम मन्दिर निर्माण गर्न बजेट बिनियोजन , पशुपतिनाथलाई ३५ करोड

    अयोध्यापुरीमा राम मन्दिर निर्माण गर्न बजेट बिनियोजन , पशुपतिनाथलाई ३५ करोड

    अनलाइन नेपाल
  • शनिबार, १५ जेष्ठ २०७८
  • 2.3K
    SHARES

    काठमाडौं। नेपालमा जारी राजनीतिक अस्थिरताको बीचमा प्रधानमन्त्री केपी ओली सरकारले  कूल साढे १६ खर्ब रुपैयाँको अध्यादेश बजेट पेश गरेको छ।

    बजेटमा ओली सरकारले काठमाडौंमा पशुपतिनाथ मन्दिरको जीर्णोद्धारका लागि ३५ करोडको व्यवस्था गरेको छ। पशुपतिनाथ मन्दिर युनेस्को धरोहर सूचीमा समावेश गरिएको ठाउँ मध्ये एक हो।



    यसका साथै चितवन जिल्लाको अयोध्यापुरीमा राम मन्दिर निर्माणका लागि पनि रकम छुट्याइएको छ। यद्यपि यो रकम अझै सार्वजनिक गरिएको छैन।



    अर्थमन्त्री विष्णु पौडेलले पर्यटन प्रवद्र्धन गर्ने भिसा शुल्कमा एक महिनाको लागि राहत दिएका छन् ।

    कोरोना महामारीको कारणले नेपालको पर्यटन उद्योगले धेरै दुःख पाएको छ। देशका चारवटा अन्तर्राष्ट्रिय र अन्य घरेलु एयरपोर्टहरूको पूर्वाधार निर्माणका लागि २० अर्ब रूपैया छुट्याइएको छ।

    घरेलु राजनीतिमा मोर्चाका निम्ति संघर्ष गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष जुलाईमा एउटा विवादास्पद बयान दिएका थिए।

    उनले  वास्तविक अयोध्या भारतमा नभइ नेपालमा  र भगवान राम, जो दक्षिणी नेपालको ठोरी जन्मिएको दाबी गरेका थिए ।

    नेपाल र भारतका धेरै सर्कलमा प्रधानमन्त्री ओलीको भनाइप्रति कडा प्रतिक्रिया आएको थियो।

    बिबिसीले लेखेको छ – पछि नेपालको परराष्ट्र मन्त्रालयले ओलीको भनाइलाई स्पष्ट पार्दै उनको टिप्पणी कुनै राजनैतिक उद्देश्यका लागि गरिएको थिएन न त उनी कसैको भावनामा चोट पुर्‍याउनको लागि भएको जनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार