Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बालुवाटारमा नेताहरुको बाक्लो उपस्थिति, स्वास्थ्य सुरक्षा मापदण्डबारे यस्तो भन्छन् नेम्वाङ

    बालुवाटारमा नेताहरुको बाक्लो उपस्थिति, स्वास्थ्य सुरक्षा मापदण्डबारे यस्तो भन्छन् नेम्वाङ

    अनलाइन नेपाल
  • मंगलबार, ७ बैशाख २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले सरकारले सोमबार जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड तथा आदेश कार्यान्वयनमा आइनसकेको बताएका छन् ।

    आज प्रधानमन्त्री निवास बालुवाटारमा चितवनको अयोध्यापुरीमा राखिने राम-सीताको मूर्तिलाई बिदाई गर्ने कार्यक्रममा नेता नेम्वाङले स्वास्थ्य सुरक्षा मापदण्ड तथा आदेश कार्यान्वयनमा आउन समय लाग्ने भन्दै आफुहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर कार्यक्रम गरेको दावी गरे।



    हिजो सरकारले उक्त आदेश जारी गरेपछि आज बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरुको बाक्लो उपस्थित रहेको थियो।



    बालुवाटारमा भएको कार्यक्रममा सुरक्षा मापदण्ड अपनाइएको थियो भन्दै नेम्वाङले भने सरकारको निर्णय कानुन मन्त्रालयमार्फत कार्यान्वयनका लागि पठाएपछि लागू हुने तर आफुहरुले पूर्ण रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेको दोहोर्याए।

    कार्यक्रमपश्चात् संचारकर्मीहरुसँग बोल्दै नेम्वाङले यस्तो बताएका हुन्।

    यसअघि हिजो नेपाल सरकार मन्त्रिपरिषदको सोमबार बसेको बैठकले बढ्दो कोरोना जोखिमबारे मापदण्ड तय गर्दै आदेश जारी गरेको थियो ।

    मन्त्रिपरिषदले पारित गरेको आदेशमा कुनै पनि सभा समारोह र धार्मिक कार्यक्रममा समेत २५ जनाभन्दा बढी भेला हुन नपाउने भनिएको छ ।

    २५ जनासम्म भेला हुँदा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड जस्तै मास्क, स्यानिटाइजर, दुई मिटरको दुरी अनिवार्य हुनुपर्ने आदेशमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार