Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

होटलमा युरोकप फुटबल हेरेर झगडा गर्ने खेलाडी र संचालक पक्राउ, ४ लाख जरिवाना तिरेर रिहा

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञामा होटलमा बसेर युरोकप फुटवल हेरेर झगडा गर्ने खेलाडी र होटल संचालकलाई जरिवाना गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी अशोक सिंहका अनुसार उपत्यकाको त्रिपुरेश्वरस्थित युनाइटेड विजनेस होटलमा आइतबार विहान ३ बजेतिर झगडा परेको सूचना आएपछि क्रोएसिया र अजरबैजान घर भएका विदेशी फुटवलरसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले होटेलका म्यानेजर आश्विन श्रेष्ठ र ८ जना अन्य व्यक्तिहरूलाई पक्राउ गरेर जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाएको थियो ।

सरकारले हालै जारी गरेको कोभिड-१९ संकट व्यवस्थापन गर्न बनेको अध्यादेश २०६७८ को दफा २१ को प्रावधान अनुसार उनलाई सीडीओ कालीप्रसाद पराजुलीले जरिवानाको आदेश गरेका हुन् ।

तर, यहाँ होटलका सञ्चालक मात्र नभएर ग्राहक बनेर उपस्थित भएका खेलाडीहरु पनि जरिवाना तिर्न वाध्य भएका छन् । जसमा होटलका संचालक श्रेष्ठलाई ४ लाख रूपैयाँ र ग्राहकहरुलाई जनही १५-१५ हजार जरिवाना तिराइएको छ ।

निषेधाज्ञा उल्लंघन गरेको आरोपमा जरिवाना तिरेर रिहा हुनेमा क्रोएसियाका खेलाडी विलिम पोसिन्कोविक, अजरबैजानका नुर्लान जाहिद ओग्लु, धादिङ घर भएकी एलिसा मगर, सिन्धुपाल्चोककी सुनि तामाङ, बुढानिलकण्ठका क्षितिज खड्का, सिन्धुपाल्चोकका नविन लामा र दोलखा घर भएका रोहित तामाङ सहित ८ जना छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077