Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अब बैंकका सबै शाखाहरु खोल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनपछि अब बैंक तथा बित्तिय संस्थाहरुले सबै शाखाहरु खोल्न पाइने पाउने भएका छन् ।

राष्ट्र बैंकले सुरक्षा मापदण्ड पालना गरेर आवश्यकताअनुसार बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएसँगै अब बैंकका शाखाहरु आवश्यकताअनुसार खुला गर्न पाइने भएको हो ।

तर, नजिकै रहेका दुई वा दुईभन्दा धेरै शाखा खोल्नुको साटो एउटै शाखाबाट सेवा दिन राष्ट्र बैंकले सुझाव दिएको छ । यसअघि बैंकहरुले फरक दिन, फरक ठाउँमा कोटा तोकेर सेवा दिइरहेका थिए ।

यद्यपी राष्ट्र बैंकले सकभर घरबाटै काम गर्न र कार्यालयमा पनि न्यूनतम कर्मचारी राखेर सेवा दिन आग्रह गर्दै केन्द्रीय कार्यालयको हकमा एक तिहाइ र शाखा कार्यालयमा न्यूनतम कर्मचारी राख्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077