Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बारबाट बैद्य र मल्ल तथा सर्वोच्चबाट घिमिरे र केसीलाई एमिकस क्युरीमा मनोनयन

    बारबाट बैद्य र मल्ल तथा सर्वोच्चबाट घिमिरे र केसीलाई एमिकस क्युरीमा मनोनयन

    अनलाइन नेपाल
  • मंगलबार, १ असार २०७८
  • 3.3K
    SHARES

    काठमाडौं । नेपाल बार एसोसिएसनले वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठकलाई एमिकस क्युरीमा मनोनयन गर्ने निर्णय गरेको छ भने सर्वोच्च बारको बैठकले वरिष्ठ अधिवक्ताहरु कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीमा सिफारिस गरेको छ ।

    बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठका अनुसार प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाइमा अदालतलाई सहयोग गर्न वैद्य र मल्ललाई पठाउने निर्णय गरिएको हो । वरिष्ठ अधिवक्ता वैद्य तत्कालिन पुनरावेदन अदालतका पूर्व न्यायाधीश हुन् । उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा महान्यायाधीवक्ता भएका थिए । उषा मल्ल पाठक नेपाल बारको पूर्व उपाध्यक्ष हुन् ।



    सर्वोच्च अदालतको संवैधानिक इजलासमा असार ९ बाट विघटनको मुद्दामा निरन्तर सुनुवाई हुँदैछ । जेठ ७ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् ।



    प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासले नेपाल बार र सर्वोच्च बारबाट दुई, दुईजना एमिकस क्युरी माग गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार