Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपा विवादमा नयाँ मोड, ठाकुर र यादवबीच पानी बाराबार !

काठमाडौँ। जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले बोलाएका कार्यकारिणी समितिको बैठक अवैधानिक र अनाधिकृत रहेको बताएका छन् ।

आज साँझ अध्यक्ष ठाकुरले एक विज्ञप्ति जारी गर्दै यादवले बोलाएको बैठकबाट हुने सबै निर्णयहरु आफूहरुको लागि अमान्य हुने उल्लेख समेत गरेका छन्।

कार्यकारिणी समितिका सदस्यहरुलाई सो बैठकमा सहभागी नहुनका लागि आग्रह गरिएको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ।

यस्तो छ अध्यक्ष ठाकुरले जारी गरेको बिज्ञप्ति :

यसअघि निर्वाचन आयोगले जसपा विवादबारे निर्णय गर्दै दुबै समूहले एक अर्कालाई गरेको कारबाहीलाई खारेज गरिदिएपछि अध्यक्ष यादव समूहले आयोगको निर्णयप्रति असन्तुष्ट  ब्यक्त गरेको बेला अध्यक्ष ठाकुर पक्षले भने स्वागत गरेको बुझिएको छ।

आयोगले दलीय व्यवस्थामै अंकुश लगाउने खालकाे सेटिङ निर्णय गरेकाे भन्दै यसविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने यादव समूहले घोषणा समेत गरेको छ।

उतिबेला नयाँ सरकार गठनमा निर्णायक शक्तिका रुपमा रहेको जसपा पछिल्लो समय दुई खेमामा रहेको छ। जसको एक पक्ष भने एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेको छ भने अर्को बिपक्षी गठबन्धनको मेरुदण्ड बनेको छ ।  कुनैबेला एउटै घाँटी रहेका अध्यक्षद्वय ठाकुर र यादवको अहिले भने सरकरा गठनकै बिषयमा कुरा नमिल्दा पानी बाराबारको सम्बन्ध रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077