Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

वैदेशिक रोजगारीबाट फर्किएकालाई होटल क्वारेन्टिन खर्च सरकारले दिने

काठमाण्डौँ । वैदेशिक रोजगारीबाट फर्किएर होटल क्वारेन्टिन बस्न नसक्ने श्रमिकलाई सरकारले आवश्यक सहयोग उपलब्ध गराउने भएको छ ।

हिजो बुधबार बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन निर्देशन समितिको बैठकले वैदेशिक रोजगारीमा गएर नेपाल फर्कन चाहेका तर विभिन्न कारणले होटल क्वारेन्टिनमा बस्न नसक्नेहरूका लागि आवश्यक सहयोग उपलब्ध गराउने निर्णय गरेको स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले जानकारी दिए ।

समितिको बैठकले १५ दिन होटल क्वारेन्टिनमा बस्नुपर्नेहरुका लागि १० दिनसम्मको खर्च सरकारले व्यहोर्ने निर्णय गरेको हो । सरकारले खाडीका देश र मलेसियाबाट श्रम गरी फर्कने नेपालीका लागि ५ दिन होटल क्वारेन्टिन अनिवार्य गरेको छ ।

यस्तै मलेसिया, जापानलगायत देशहरूसँग हवाई सेवा खुकुलो बनाउने निर्णय गरिएको छ । समितिको बैठकले नेपाली श्रमिक धेरै रहेका साउदी अरेबिया, यूएई, जापान र मलेसियालगायत देशहरूमा हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । गत जेठ १८ गतेदेखि श्रम गन्तव्य देश कतार, टर्की र चीनबाट सरकारले सातामा एक उडान सञ्चालन गरिरहेको छ ।

यी देशहरूबाट हप्तामा दुई हजार जना यात्रुभन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुने छ । करार सकिएका, भिसाको अवधि सकिएका र अन्य अत्यावश्यक कामले घर फर्कने तयारीमा रहेकाहरू टिकट काटेर पनि फर्कन्न पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077