Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

म्यानमामा सेना र स्थानीयबीच झडप

एजेन्सी । म्यानमामा सेना र स्थानीयबीच झडप हुँदा दुई जनाको ज्यान गएको छ । एउटा गाउँ जलेर ध्वस्त भएको छ ।

ग्रामीण क्षेत्र किनमा गाउँको दुई सय ४० घरमध्ये २ सय घर ध्वस्त भएको बीबीसीले जनाएको छ ।

सैन्य शासन विरुद्ध रहेका स्थानीयको झडपका क्रममा सेनाले गोलाबारी गर्दा आगलागी भएको र आगलागीबाट गाउँ नै जलेको बताइएको छ । गाउँ नै जल्न थालेपछि अरुले भागेर ज्यान जोगाए पनि भाग्न नसकेर दुई ज्येष्ठ नागरिकको ज्यान गएको छ ।

म्यानमारका लागि बेलायती राजदूत डान चुगले घटनाको भर्त्सना गर्दै म्यानमारको सेनाको ज्यादतीको विरोध गरेका छन् ।

म्यानमारमा सेनाले गएको फेब्रुअरीमा सत्ता आफ्नो हातमा लिएको थियो । त्यसयता त्यहाँ विरोध प्रदर्शन हुँदै आएको छ । यसक्रममा सेनाले दमन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077