Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

महन्थले आयोगमा बुझाए कार्यकारिणी समितिमा थपिएका २० जनाको नामावली

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले २० जना कार्यकारिणी समिति सदस्य थपेर निर्वाचन आयोगलाई नामावली बुझाएका छन् ।

जसपा अध्यक्ष ठाकुर पक्षका नेता केशब झाका अनुसार कार्यकारिणी समितिमा अल्पमतमा परेपछि जेठ ३० गते ठाकुरले आफू पक्षीय बैठक राखेर २० जना सदस्य थपेका थिए ।

नेता झाका अनुसार थपिएका समितिहरुमा बाबुलाल साह, विजय गुप्ता, अर्जुन उप्रेती, अरविन्द साह, जयप्रकाश ठाकुर, उपेन्द्र महतो, मुकेश झा, शतरजित यादव, एकवाल मियाँ, रमेश पटेल, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, सन्तोष मेहता, डा.विजय सिंह, कृष्ण सिंह, परमेश्वर साह, अभिराम शर्मा, राजिव झा, सुरेश मण्डल र डा.सुरेन्द्र झा रहेका छन्।

यस्तै अध्यक्ष ठाकुरले थपिएका नाम दर्ता किताबमा अध्यावधिकका लागि असार १ गते आयोगमा दर्ता गराएको नेता झाले बताए।

गत जेठ ३० गते आयोगले एकजना अध्यक्षले मात्र कसैलाई हटाउन वा कसैलाई राख्न नमिल्ने निर्णय गरेको थियो । तर, ठाकुरले २० जनाको नाम थपेर आयोगमा अध्यावधिकका लागि पठाएका हुन् । निर्वाचन आयोगले त्यसलाई दर्ता गरेपनि थप निर्णय भने लिइसकेको छैन ।

थप गरिएका २० जनामध्ये सबैजना महन्थ ठाकुर पक्षका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077