Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपेन्द्र पक्षद्वारा ओली सरकारमा मन्त्री बनेका पार्टीका ९ नेतालाई निलम्बन

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेको छ ।

५१ सदस्सीय कार्यकारिणी समितिका ३० सदस्य उपस्थित यादव पक्षको आजको बैठकले आधिकारिकता दावी गर्न आयोगमा उपस्थित हुने निर्णय गरेको कार्यकारिणी समितिका सदस्य इस्तियाक राईले जानकारी दिए ।

‘बैठकले आधिकारिकता दावी गर्न नागरिकतासहित बहुमत सदस्यहरु निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेको छ,’ राईले भने ।

अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले पनि आधिकारिकतामा दावी गरेको छ । दुवै अध्यक्षले एक अर्कालाई कारबाही गरेका छन् । दुवैले कारबाही गरेको सूचना अद्यावधिक गर्न निवार्चन आयोगले अस्वीकार गरिसकेको छ ।

यस्तै, राईका अनुसार आजको बैठकले सरकारमा सहभागी भएका ९ जना नेतालाई पार्टीबाट निष्कासित गरेको छ। जसमा मन्त्रीहरु राजकिशोर यादव, अनिलकुमार झा, शरदसिंह भण्डारी, चन्दा चौधरी, उमाशंकर अरगरिया, एकबाल मियाँ, विमल श्रीवास्तव र राज्यमन्त्री बनेका चन्द्रकान्त चौधरी र रेणुका गुरूङलाई पार्टीबाट निष्कासित गर्ने निर्णय गरेको हो। यसअघि मन्त्री रहेका अन्य दुईजना राजेन्द्र महतो र लक्ष्मण लालकर्णलाई पार्टीबाट निष्कासित गरिसकेको छ।

यसैगरी, बैठकले लुम्बिनी प्रदेशका चार सांसदलाई फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। उनीहरुलाई पार्टीले यसअघि पदमुक्त गरे पनि सर्वोच्च अदालतले सांसद पदमा पुनःबहाली गरिदिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077