एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संसारकै लोकप्रिय नेताहरुको सूचीमा पहिलो स्थानमा सूचीकृत भएका छन् ।
आज अमेरिकाको डेटा इन्टिलेजेन्स फर्म मर्निङ कन्सल्टको पछिल्लो सर्वेमा मोदी विश्व नेताहरुको पहिलो स्थानमा उक्लेका हुन् । मोदीको अप्रुभल रेटिङ १०० मा ६६ प्रतिशत छ ।
यस्तै, उक्त सूचीमा अमेरिकी राष्ट्रपति बाइडेनको अप्रुभल रेटिङ ५३ प्रतिशत छ र उनी छैठौं स्थानमा छन् । इटालीका मारियो ड्राघी ६५ प्रतिशतपछि दोस्रो स्थानमा छन् ।
उक्त अध्ययनमा अमेरिका, बेलायत, रुस, अष्ट्रेलिया, क्यानडा, ब्राजिल, फ्रान्स र जर्मनीसहित १३ मुलुकका नेतालाई समावेश गरिएको थियो ।
https://twitter.com/MorningConsult/status/1405552108859015168