Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

गुप्तचरका २ एसपी र ९ डिएसपीको बढुवा

काठमाडौं । नेपालको एक मात्र गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागले एसपी र डिएसपीको बढुवा गरेको छ ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले २ जना एसपीलाई एसएसपी र ९ जना डीएसपीलाई एसपीमा बढुवा गरेको हो ।

एसपीबाट एसएसपी बढुवा हुनेमा राजन उप्रेती र नवीन भट्टराई रहेका छन् ।

त्यसैगरी डीएसपीबाट एसपी बढुवा हुनेमा प्रकाश आचार्य, राजन प्रजापति, सन्तोष ढुंगेल, कुलचन्द्र नेपाल, मनोज ढकाल, चन्दन झालगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077