Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • उपाधिको दावेदार मानिएको फ्रान्स हंगेरीसँग बरावरीमा रोकियो

    उपाधिको दावेदार मानिएको फ्रान्स हंगेरीसँग बरावरीमा रोकियो

    अनलाइन नेपाल
  • शनिबार, ५ असार २०७८
  • 2K
    SHARES

    काठमाडौ । युरोकप २०२० मा दावेदार राष्ट्रको रुपमा रहेको फ्रान्सले हंगेरीसँग अंक बाँडेको छ । शनिवार राती सम्पन्न खेलमा १–१ गोलको बरावरी खेल्दै फ्रान्स हंगेरीसँग अंक बाँड्न बाध्य भएको हो ।

    पहिलो हाफको इन्जुरी समय अर्थात ४७ औं मिनटमा हंगेरीले गोल गर्दै अग्रता लिएको थियो । तर, ६६ औं मिनटमा फ्रान्सले गोल फर्काएपछि खेल बरावरीमा सकिएको हो। प्रतियोगिततामा हंगेरीका तर्फबाट अतिला फियोलले र फ्रान्सका एन्टेनियो गृजमनले गोल गरेका थिए ।



    यसअघि पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १–० गोल अन्तरले पराजित गरेको थियो । जर्मनीका खेलाडीले आत्मघाती गोल गरेपछि भाग्यका आधारमा जित हात पार्न सफल फ्रान्स आज सम्पन्न खेलमा तुलनात्मक रुपमा कमजोर मानिएको हंगेरीसंग बरावरी खेल्दै अंक बाँड्न बाध्य भएको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार