Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • पेनाल्टी सुटआउटमा इङ्ल्याण्डलाई पराजित गर्दै युरोकपको उपाधि उचाल्यो इटालीले

    पेनाल्टी सुटआउटमा इङ्ल्याण्डलाई पराजित गर्दै युरोकपको उपाधि उचाल्यो इटालीले

    अनलाइन नेपाल
  • सोमबार, २८ असार २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले १६ औं संस्करणको युरोकप फुटबलको उपाधि जितेको छ । इङ्ल्याण्डको उपाधि जित्ने सपनालाई चकनाचुर पार्दै इटालीले पेनाल्टी सुटआउटमा इङ्ल्याण्डलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

    लण्डनस्थित वेम्बली रंगशालामा सोमबार बिहान निर्धारित तथा अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।



    खेलमा लुक शाले इङल्यान्डलाई खेलको दोस्रो मिनेटमै अग्रता दिलाए पनि इङल्याण्डले खेल आफ्नो पक्षमा पार्न भने सकेन । ६७ मिनेटमा इटलीका लियोनार्दो बनुचीले गोल गरेसँगै खेल बराबरीमा पुगेको थियो । अतिरिक्त समयमा भने दुबै टोलीले कुनै गोल गर्न सकेनन् ।



    इंग्ल्यान्डका ह्यारी केन र ह्यारी मग्वाएरले मात्र गोल गरे । तर, मार्कुस राषफोर्ड, जाडोन सान्चो र साका बाकुयोले गोल गर्न सकेनन् ।

    डेनमार्कलाई २–१ गेलअन्तरले हराउँदै इंग्ल्यान्ड पहिलो पटक फाइनलमा प्रवेश गरेको थियो । इंग्ल्यान्डले ५५ वर्षपछि मुख्य प्रतियोगिताको फाइनलमा पुगेको हो । सन् १९६६ मा सम्पन्न विश्वकपको फाइनल खेलेपछि इंग्ल्यान्ड फुटबल टिमले मुख्य प्रतियोगितामा फाइनल यात्रा तय गर्न सकेको थिएन ।

    क्वाटर फाइनलसम्मको यात्रामा एक गोल पनि नखाएको इंग्ल्यान्ड सेमिफाइनलमा एक गोल खाएपनि ५५ वर्षपछि मुख्य प्रतियोगिताको फाइनलमा पुगेको हो । इटालीले सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा पराजितगर्दै फाइनल यात्रा तय गरेको थियो ।

    इटलीले युरोकप जितेको यो दोस्रो अवसर हो । यसअघि १९६८ मा इटलीले पहिलोपटक यो उपाधि जितेको थियो । सन् २००० र २०१२ मा भने फाइनल पुगेर इटली पराजित भएको थियो ।

    इंग्ल्यान्डमाथिको जितसँगै इटालीले ३४ खेलसम्म अपराजित यात्रालाई कायम राख्न सफल भएको छ । इटालीले यस अघि ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान भङ्ग गरेको थियो । इटालीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार