Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनी प्रदेश सभा : विपक्षी गठबन्धनद्वारा बैठक बहिस्कार

बुटवल। लुम्बिनी प्रदेश सभाको आइतबार बसेको बैठक विपक्षी गठबन्धनले बहिस्कार गरेको छ ।

बैठकमा विपक्षी गठबन्धनमा आवद्ध दलहरुलेअल्पमत परेको सरकारले ल्याएको बजेट पास हुन नदिने भन्दै बहिस्कार गरेका हुन् ।

यसअघि गत असार १ गते लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गरेको थियो ।

तर, आज बैठक सुरु हुनासाथ विपक्षी दल नेपाली काँग्रेसका वीरेन्द्र कनौडियाले सरकार अल्पमतमा परेको भन्दै त्यस्तो सरकारले ल्याएको बजेट पास हुन नदिने बताए ।

त्यसपछि काँग्रेस, माओवादी र जसपा सांसदहरु बैठकबाट बाहिरिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077