Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

काठमाडौँमा असार ८ बाट 'स्मार्ट लकडाउन', ट्याक्सीदेखि सपिङ मल समेत खुल्ने (सूचीसहित)

काठमाडौँ । उपत्यकाका जिल्लाहरुमा 'स्मार्ट लकडाउन'सहित एक साता निषेधाज्ञा थप गरिएको छ।

अहिले भर्खर सम्पन्न उपत्यकाका (काठमाडौँ, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीहरू (सीडीओ)को बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

बैठकपछि थप गरिएको निषेधाज्ञा आगामी असार १४ गतेसम्म लागू हुने भएको छ। अबको निषेधाज्ञा भने खुकुलो बनाइने भएको काठमाडौँका सीडीओ कालीप्रसाद पराजुलीले जानकारी दिए।

पराजुलीका अनुसार निजी सवारीलाई जोर-बिजोरअनुसार चल्न दिइने छ, भने ट्याक्सीहरूलाई पनि जोर-बिजोर लागू गरेर चलाउन दिइनेछ।

यसैगरी, 'आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्न दिइने निर्णय भएको छ,’ पराजुलीले भने,‘सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न दिइनेछ।’

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077