Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

लुम्बिनीका चार सांसदको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौँ। लुम्बिनी प्रदेशका चार जना सांसदले दायर गरेको रिटमा सर्वोच्च अदालतमा आज दोस्रो सुनुवाइ हुँदैछ।

आज न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको इजलासले जनता समाजवादी पार्टीका चार सांसदले दायर गरेको रिटमा दोस्रो सुनुवाइ हुन लागेको हो।

यसअघि सर्वोच्च अदालतले असार २ गते निलम्बित सांसदहरुको पक्षमा अन्तरिम आदेश जारी गरेको थियो ।

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेकै दिन उनीहरुले मन्त्रीको पनि शपथ लिएपछि जसपाको उपेन्द्र यादव पक्षले कारबाही गरेको थियो।

अहिले मुख्यमन्त्री पोखरेल संविधानको धारा १६८ (१) अनुसार मुख्यमन्त्री भएका छन् । तर जसपाका चार सांसदले दायर गरेको रिट निवेदनका सम्बन्धमा इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिएको अवस्थामा वर्तमान सरकार संविधानको धारा १६८ को उपधारा २ बमोजिम जानुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077