Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • गुट परिवर्तन गर्दा बनेको मन्त्री पद एक महिना पनि टिकेन

    गुट परिवर्तन गर्दा बनेको मन्त्री पद एक महिना पनि टिकेन

    अनलाइन नेपाल
  • मंगलबार, ८ असार २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चौतर्फी विरोधका बावजुद गरेको मन्त्रीपरिषद् विस्तार सर्वोच्च अदालतले आज बदर गरेसँगै २० जना मन्त्रीको पद गुमेको छ । प्रतिनिधिसभा विघटन गरेर विवादमा तानिएपछि विश्वासको मत लिन नसकेर काम चलाउ प्रधानमन्त्री बनेका बेला ओलीले मन्त्रीपरिषद् विस्तार गरेको भन्दै त्यतिबेलै चौतर्फी विरोध शुरु भइसकेको थियो । प्रधानमन्त्री ओलीले जेठ २१ गते जसपाबाट १० र एमालेबाट ६ गरी १७ सदस्यीय मन्त्रिमण्डल पुनर्गठन गरेका थिए। त्यस्तै, दोस्रोपटक जेठ २७ गते जसपाबाट एक र एमालेबाट ७ सहित ८ मन्त्री थपेर पूर्णता दिएका थिए। जुन मुद्दालाई आज सर्वोच्चले किनारा लगाइदिएको छ ।

    सर्वोच्चको आदेशसँगै जनता समाजवादी पार्टी (जसपा) का नेताहरुलाई ठूलो झड्का लागेको छ । त्यहि मन्त्री पदका लागि पार्टीलाई फुटको संघारमा छाडेर आएका राजेन्द्र महतोलगायतको अव राजनीतिक यात्रा झन कठिन हुने देखिएको छ ।



    त्यसो त सर्वोच्चको आदेशसँगै एमालेबाटै मन्त्री भएका रघुवीर महासेठ र शेरबहादर तामाङ पनि ‘अभागी’ सावित भए । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित हुँदा वरिष्ठ नेता माधवकुमार नेपालसँग नजिक हुँदै ओली इतर केही कार्यक्रममा समेत सहभागी भएका महासेठ पछि ओलीसमूहमै सामेल भए । त्यतिबेला ओलीले आफूलाई साथ दिएको भन्दै महासेठकी श्रीमती जुली महतोलाई गएको पुस १० गते मन्त्री बनाएका थिए । आफूतिर आएपछि ओलीले जुलीलाई हटाएर महासेठलाई दोस्रो पटक मन्त्री बनाएका थिए । तर, आजबाट उनको उपप्रधानसहित मन्त्री पद गुमेको छ ।



    त्यसैगरी गुट परिवर्तन गर्दा मन्त्री बन्ने सौभाग्य पाएका स्वास्थ्यमन्त्री शेरबहादुर तामाङको पनि पद गुमेको छ । तामाङ पनि ओली सरकारमा दोस्रो पटक मन्त्री बनेका हुन् । २०७४ मा तामाङ कानून मन्त्री बनेका थिए । तर, अभिव्यक्ति विवादमा परेपछि उनले नैतिकताको आधारमा राजीनामा दिएका थिए ।

    नेपाल समूहमा रहेका तामाङले गुट फेरेर ओलीतिर लागेपछि स्वास्थ्य मन्त्री बन्ने सौभाग्य पाएका थिए । तर, उनको पनि आजबाट मन्त्री पद गुमेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार