Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • निर्वाचन आयोगमा माधव नेपाल पक्षको नेकपा (एकीकृत) दर्ता, चुनाव चिन्ह कलम

    निर्वाचन आयोगमा माधव नेपाल पक्षको नेकपा (एकीकृत) दर्ता, चुनाव चिन्ह कलम

    अनलाइन नेपाल
  • बुधबार, ९ असार २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) दर्ता भएको छ । युवा नेता जीवन राईको नेतृत्वमा नेकपा(एकीकृत) नामको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा वैशाख ६ गते निवेदन दिएको थियो ।

    पार्टीले आयोगबाट कलम चुनाव चिह्न पाएको छ । पार्टीको उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल रहेका छन् ।



    सबै युवाहरुलाई समेटेर गठन प्रक्रिया अघि बढाईएको पार्टीमा ३३ प्रतिशत महिला सहभागीता अनिवार्य गरिएको छ भने १० प्रतिशत युवा सहभागीता सुनिश्चित गरिएको छ । पार्टीको केन्द्रिय कमिटीमा २० प्रतिशत सहभागीता विज्ञहरुको रहनेछ ।



    नेकपा एकीकृत दल दर्ता गर्ने नेताहरू नेकपा एमाले वरिष्ठ नेता माधव नेपाल पक्षका युवा नेता हुन् ।

    ३० जेठमा बसेको आयोगको निर्णयअनुसार पार्टी दर्ता भएको हो । पार्टीले आयोगबाट दल दर्ताको प्रमाणपत्र समेत पाइसकेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार