Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ओलीले गरेका प्रतिगमनकारी​ निर्णयका विरुद्ध विरोधका कार्यक्रम अघि बढाउने निर्णय

    ओलीले गरेका प्रतिगमनकारी​ निर्णयका विरुद्ध विरोधका कार्यक्रम अघि बढाउने निर्णय

    अनलाइन नेपाल
  • बुधबार, ९ असार २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंबैधानिक कदमबिरुद्द विपक्षी गठबन्धनले सामाजिक दुरी कायम गरी विरोधका कार्यक्रम अघि बढाउने निर्णय गरेको छ ।

    बुधबार साँझ काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको गठबन्धनको बैठकले ओलीले चालेको प्रतिगमनविरुद्ध जनपरिचालनको कार्यक्रम अगाडि बढाउने निर्णय गरेको हो ।



    बैठकमा काँग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ , एमालेका वरिष्ठ नेता माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेताहरू सहभागी थिए।।



    जसअनुसार संविधान, लोकतन्त्र र राष्ट्रियताका पक्षमा जनपरिचालनका कार्यक्रम अन्तर्गत विहीबार गठबन्धन सम्बद्ध विद्यार्थी संगठनले विरोध प्रदर्शन गर्ने भएका छन्। ।

    दोस्रो लहरको कोरोना संक्रमण घट्दै गएकाले स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै विरोधका कार्यक्रम अगाडि बढाउने गठबन्धनले निष्कर्ष निकालेको हो । स्वास्थ्य  प्रधानमन्त्री ओलीले लिएको प्रतिगमनकारी​ निर्णयका विरुद्धमा कार्यक्रम गर्न पार्टी संगठनलाई जनपरिचालन गरिएको कांग्रेसका एक नेताले वताए।

    विपक्षी गठबन्धनले विहीबार सम्पादकसँगको अन्तरक्रिया कार्यक्रम पनि गर्ने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार