Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • बालुवाटारमा सत्तारुढ गठबन्धनको कार्यदल बैठक, न्यूनतम साझा कार्यक्रम टुंग्याइने

    बालुवाटारमा सत्तारुढ गठबन्धनको कार्यदल बैठक, न्यूनतम साझा कार्यक्रम टुंग्याइने

    अनलाइन नेपाल
  • आइतबार, १० साउन २०७८
  • 3.5K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री एवं शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार सञ्चालनका लागि सुझाव दिन भन्दै गठन गरिएको कार्यदलको बैठक आज बस्दै छ ।

    बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा दिउँसो ४ बजे बस्दै छ ।



    आजको बैठकमा सरकारका प्राथमिकताका क्षेत्र निर्धारण र न्यूनतम साझा कार्यक्रमलाई टुंग्याउने विषयमा छलफल हुने बताइएको छ ।



    यस्तै, सरकार सञ्चालनका क्रममा सरकारका प्राथमिकताका क्षेत्रमा कार्यदलले सुझाव दिनेछ भने  न्यूनतम साझा कार्यक्रममा कोभिडलाई पहिलो प्राथमिकतामा राखिएको छ ।

    कार्यदलको सदस्यमा नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वमा गठन भएको कार्यदलमा कांग्रेसबाट रमेश लेखक र मिनेन्द्र रिजाल, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट राजेन्द्र श्रेष्ठ सदस्य छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार