Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • देउवा-प्रचण्ड भेटवार्ता: गठबन्धनको बैठक साँझ ५ बजेलाई सर्‍यो

    देउवा-प्रचण्ड भेटवार्ता: गठबन्धनको बैठक साँझ ५ बजेलाई सर्‍यो

    अनलाइन नेपाल
  • बिहिबार, ५ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

    उनीहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान भेटवार्ता भएको हो । बालुवाटार स्रोतका अनुसार आज बिहान अध्यक्ष प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए।



    दिउँसो ३ बजे एमसीसीबारे निर्णय लिन बस्न लागेको सत्ता गठबन्धनको बैठकअघि दुई नेताबीच छलफल भएको थियो । भेटमा दुवै नेताले आ–आफ्नो अडानमा कायम राख्दा कुनै सहमति हुन नसकेको स्रोतको भनाइ छ ।



    स्रोतका अनुसार बिहानको बैठकमा कुनै सहमति नजुटेपछि दिउँसो ३ बजे बस्ने भनिएको गठबन्धनको बैठक ५ बजेलाई सारिएको छ ।

    एमसीसीलाई लिएर प्रधानमन्त्री देउवा पछिल्लो समय निकै दबाबमा छन् । उनले भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल गर्न चाहन्छन् भने प्रचण्ड सहमति कायम गरेर मात्र त्यसलाई टेबल गर्ने पक्षमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार