Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • झण्डै सात महिनापछि बालुवाटार जाँदै ओली

    झण्डै सात महिनापछि बालुवाटार जाँदै ओली

    अनलाइन नेपाल
  • आइतबार, २३ माघ २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झण्डै सात महिनापछि बालुवाटार जान लागेका छन् ।

    ओलीनिकट स्रोतका अनुसार आज दिउँसो अपरान्ह बजे प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न उनी बालुवाटार जान लागेका हुन्।



    स्थानीय तहको निर्वाचन र पछिल्लो समय पेचिलो बन्दै गएको एमसीसीलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्री देउवासँग कुराकानी गर्न अध्यक्ष ओली बालुवाटार जाने तयारीमा रहेको स्रोत बताउँछ।



    गत असार २९ मा देउवा प्रधानमन्त्री बनेपछि बालुवाटार छाडेका पूर्वप्रधानमन्त्री ओली त्यसपछिको समयमा बालुवाटार गएका थिएनन् । यसअघि प्रधानमन्त्री देउवाले पटकपटक राखेको सर्वदलीय बैठकमा पनि उनी उपस्थित भएका थिएनन् ।

    तर, प्रधानमन्त्री देउवाले भने ओलीलाई बालकोटस्थित निवासमै पुगेर केही दिनअगाडि भेटवार्ता गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार