Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • संसद भवनभित्रै प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच वार्ता

    संसद भवनभित्रै प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच वार्ता

    अनलाइन नेपाल
  • बिहिबार, १२ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संसद भवनभित्रै वार्ता भएको छ ।

    बिहीबार प्रतिनिधिसभाको बैठक स्थगित भएसँगै देउवा र ओलीबीच एमसीसीको विषयमा छलफल भइरहेको बताइएको छ । दुई नेताबीच भएको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।



    छलफलमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल सहभागी छन् भने काँग्रेसबाट देउवासहित सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र महामन्त्री गगन थापा सहभागी छन्।



    बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।

    यसअघि आज बस्ने भनिएको बैठकमा एमसीसीमाथि छलफल गरियोस् भन्दै प्रस्ताव पेस हुने बुधबार सार्वजनिक गरिएको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार