Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • प्रधानमन्त्री देउवा, प्रचण्ड र ओलीबीच भेटवार्ता हुँदै

    प्रधानमन्त्री देउवा, प्रचण्ड र ओलीबीच भेटवार्ता हुँदै

    अनलाइन नेपाल
  • आइतबार, २३ माघ २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता हुँदैछ ।

    प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार देउवा, प्रचण्ड र ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ४ बजे भेटवार्ता हुने भएको हो।



    भेटमा पछिल्लो समय पेचिलो बन्दै गएको एमसीसी सम्झौताका बिषयमा छलफल हुने बुझिएको छ । एमसीसी पास गराउनका लागि सरकारलाई अमेरिकाले २२ दिनको अल्टिमेटम समेत दिइसकेको छ ।



    प्रधानमन्त्री देउवा एमसीसी जसरी भए पनि पास गर्ने अडानका साथ अघि बढेका छन् । यस्तोमा ओलीसँगको भेट महत्त्वपूर्ण हुने बुझिएको छ। यता प्रचण्ड भने एमसीसीका केही बुँदाहरु संशोधन गर्नुपर्ने बताउँदै आएका छन् ।

    यस्तै, तीन नेताहरुबीचको भेटमा स्थानीय तहको निर्वाचन, एमसीसी र संसद अवरोधलगायत विषयमा छलफल हुने सचिवालयले स्रोतको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार