Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • २०६ दिनपछि बालुवाटार छिरे ओली, प्रधानमन्त्री देउवा र प्रचण्डसँग एमसीसीबारे संयुक्त छलफल

    २०६ दिनपछि बालुवाटार छिरे ओली, प्रधानमन्त्री देउवा र प्रचण्डसँग एमसीसीबारे संयुक्त छलफल

    अनलाइन नेपाल
  • आइतबार, २३ माघ २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा बीच भेटवार्ता भएको छ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड र ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । उनीहरु बीच अहिले वार्ता भइरहेको बताइएको छ।



    भेटमा स्थानीय तहको निर्वाचन, एमसीसी र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने सचिवालयको भनाइ छ। एमाले अध्यक्ष ओली २०६ दिनपछि बालुवाटार आएका हुन्।  गत ३० गते ओली बालुवाटारबाट बालकोट प्रस्थान गरेका थिए।



    तीन नेताबीचको भेटमा एमाले महासचिव शंकर पोखरेल र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की समेत सहभागी रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार