Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • प्रधानमन्त्री देउवाले डाके कांग्रेस शीर्ष नेताहरुको बैठक

    प्रधानमन्त्री देउवाले डाके कांग्रेस शीर्ष नेताहरुको बैठक

    अनलाइन नेपाल
  • सोमबार, ९ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताको बैठक डाकेका छन् ।

    प्रधानमन्त्रीको सचिवालयले जनाए अनुसार बैठक आज दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी डाकिएको हो।



    बैठकमा संसदमा टेबुल भएको एमसीसी र आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको रणनीतिबारे छलफल गरिने सचिवालयले जनाएको छ ।



    ‘संसदमा टेबुल भएको एमसीसी र स्थानीय चुनावका विषयमा छलफल गर्न बैठक बोलाएको बुझिएको छ,’ सचिवालय स्रोतले अनलाइन नेपालसँग भन्यो, ‘पार्टी भित्रको अन्य विषयमा पनि छलफल होला।’

    आइतबार सरकारले संसदमा एमसीसी टेबल गरेको छ । सत्ताको नेतृत्वकर्ता कांग्रेस एमसीसी पारित गर्ने पक्षमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार