Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • देउवासँगको भेटमा प्रचण्डले भने- एमसीसी टेबल भइहाल्यो, अनुमोदन गर्न हतार नगरौं

    देउवासँगको भेटमा प्रचण्डले भने- एमसीसी टेबल भइहाल्यो, अनुमोदन गर्न हतार नगरौं

    अनलाइन नेपाल
  • बिहिबार, १२ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर फर्किएका छन्।

    बिहीबार संसद् बैठक बस्नु अगाडि कांग्रेसबाहेकका सत्ता गठबन्धनका तीन दलको बैठकपश्चात प्रचण्ड बालुवाटार गएका थिए । भेटमा प्रचण्डले देउवालाई यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने बताएको स्रोतको भनाइ छ ।



    ‘एमसीसी संसद्‍मा टेबल भइहाल्यो। अब अनुमोदन गर्न हतार नगरौं,’ प्रचण्डको भनाइ उधृत गर्दै स्रोतले भन्यो। गठबन्धनभित्र कांग्रेस जसरी पनि एमसीसी अनुमोदन गरी अघि बढ्ने पक्षमा छ ।



    यता, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तत्काल सम्झौता अनुमोदनको पक्षमा देखिएका छैनन्। संसद बैठक अहिले दिउँसो १ बजे बस्दैछ। अहिले कार्यव्यवस्था परामर्श समितिको बैठक जारी रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार