Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एमसीसी बहस: बालुवाटारमा देउवा, प्रचण्ड र माधवबीच भेटवार्ता

    एमसीसी बहस: बालुवाटारमा देउवा, प्रचण्ड र माधवबीच भेटवार्ता

    अनलाइन नेपाल
  • आइतबार, १ फाल्गुन २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष तीन नेताहरुबीच आज पनि भेटवार्ता भएको छ । यसअघि हिजो शनिबार पनि शीर्ष तीन नेताहरुबीच छलफल भएको थियो ।

    आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो ।



    उनीहरुबीच पछिल्लो समय निकै पेचिलो बन्दै गइरहेको अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताको विषयलाई लिएर छलफल भएको प्रधानमन्त्रीको सचिवालयले स्रोतले जनाएको छ।



    सचिवालय स्रोतका अनुसार भेटमा प्रधानमन्त्री देउवाले संसदमा एमसीसी टेबल गरेर अघि बढ्नुपर्ने पुरानै अडान दोहोर्याएका थिए भने प्रचण्ड र नेपालले संशोधनबिना अघि बढाउन उचित नहुने पूर्ववत अडान राखेका थिए।

    यस्तै, भेटमा स्थानीय तहको निर्वाचन, पछिल्लो समय गठबन्धनको अवस्था र समसामयिक राजनीतिक बिषयबस्तुबारे छलफल भएको सचिवालय स्रोतको भनाइ छ।

    पछिल्लो समय एमसीसीका कारण प्रधानमन्त्री देउवा दबाबमा छन्। केहीदिनअघि मात्रै प्रधानमन्त्री देउवा, प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अमेरिकी विदेशमन्त्री डोनाल्ड लूले टेलिफोन गरेर एमसीसी छिटो पास गर्न दबाब दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार