Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • बालुवाटारमा ओली र प्रचण्डबीच चर्चाचर्की, शान्त पार्न देउवालाई हम्मेहम्मे

    बालुवाटारमा ओली र प्रचण्डबीच चर्चाचर्की, शान्त पार्न देउवालाई हम्मेहम्मे

    अनलाइन नेपाल
  • मंगलबार, २५ माघ २०७८
  • 2K
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच चर्काचर्की भएको खबर बाहिर आएको छ ।

    गत माघ २३ गते आइतबार भएको बालुवाटारमा बैठकमा दुई अध्यक्षबीच चर्चाचर्की भएको हो । स्रोतका अनुसार बैठकमा माओवादी अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओलीमाथि सदनमा अवरोध गरेको भनेपछि चर्चाचर्की सुरु भएको थियो।



    प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा झन्डै सात महिना (२६६ दिन)पछि बालुवाटार गएका ओलीले सुरुमै प्रचण्डलाई आफ्नो पार्टी फुटाउने डिजाइनर भन्दै कटाक्ष हानेका थिए।



    जवाफमा प्रचण्डले ओलीमाथि अदालतमा पनि मुद्दा हाल्ने संसदमा पनि कराइराख्ने भनेका थिए । ओलीले ‘मेरो पार्टी फुटाउने, मेरा मान्छे चोर्ने र अनेकन डिजाइनर गर्ने’ भनेपछि ‘डिजाइनरहरु कस्ता हुन्छन् आफूले देखाइदिने’ प्रचण्डले चेतावनी दिएका थिए ।

    ओली र प्रचण्डको भनाभनपछि प्रधानमन्त्री देउवाले उनीहरुलाई रोक्न खोजेका थिए । तर, देउवाको आग्रह वेवास्ता गर्दै ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित आफूले कारवाही गरेका १४ जना सांसदको कुरा उठाएको स्रोतको भनाइ छ।

    ओलीले सभामुख अग्निप्रसाद सापकोटाको विषय उठाएर कडा कदम चाल्ने चेतावनी दिएपछि प्रचण्डले पनि कडा स्वरमा ‘अदालतमा विचाराधीन विषय उठाएर सदन अवरोध गरेको र सभामुखलाई तारोमा पारेको’ भन्दै आक्रोश व्यक्त गरे ।

    एमसीसी टेबुल गर्न पनि सभामुखले आनाकानी गरेको ओलीको आरोप थियो । त्यसका लागि सभामुखलाई महाअभियोग लगाउनु पर्ने प्रस्ताव प्रधानमन्त्री देउवालाई ओलीले राखेका थिए । देउवाले पनि ओली ‘प्रधानमन्त्री हुँदा एमसीसी किन अगाडि नबढाएको ?’भन्दै प्रश्न गरेको स्रोत बताउँछ।

    बालुवाटारमा भएको भेटमा देउवा, ओली र प्रचण्डको अलवा एमाले महासचिव शंकर पोखरेल र सरकारका प्रवक्ता एवं संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको पनि उपस्थिति रहेको थियो।

    पछि बैठकमा ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनपछि मात्रै एमसीसी सम्झौता संसदबाट अघि बढाउनु पर्ने प्रस्ताव पेस गरेका थिए। तर, प्रचण्डको प्रस्तावमा प्रधानमन्त्री देउवा र ओलीले भने कुनै टिप्पणी गरेनन् । छलफलमा प्रधानमन्त्री देउवाले एमसिसी पास गर्न एमाले अध्यक्ष ओलीसँग सहयोग मागेका थिए । जवाफमा ओलीले पहिला सत्तारूढ गठबन्धन यस विषयमा स्पष्ट हुनुपर्ने बताएका थिए।

    यसअघि प्रधानमन्त्री देउवा र प्रचण्डले गत असोजमा एमसिसीलाई पत्र लेख्दै चार-पाँच महिनामा आफूहरूले एमसिसी संसदबाट पास गर्ने वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए।

    उनीहरूको प्रतिवद्धता अनुसार एमसिसीले जवाफी पत्र लेख्दै फेब्रुअरी २८ (फागुन १६) सम्म संसदबाट सम्झौता अनुमोदन नभए अर्को कदम चाल्ने बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार