Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • देउवा र ओलीले निर्वाचन प्रचारमा हेलिकोप्टर प्रयोग गर्ने, आयोगबाट लिए अनुमति

    देउवा र ओलीले निर्वाचन प्रचारमा हेलिकोप्टर प्रयोग गर्ने, आयोगबाट लिए अनुमति

    अनलाइन नेपाल
  • बिहिबार, १७ कार्तिक २०७९
  • 720
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारको लागि प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लाई हेलिकोप्टर प्रयोगको अनुमति दिएको छ ।

    यसै क्रममा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चुनावी प्रचारका लागि हेलिकोप्टर प्रयोग गर्ने अनुमति लिएका छन् ।



    प्रधानमन्त्री देउवाले प्रचारमा जाँदा हेलिकोप्टर प्रयोग गर्न थालिसकेका छन् । उनी सरकारी हेलिकोप्टर प्रयोग गर्न नपाउने भएपछि निजी हेलिकप्टरमार्फत धनगढी पुगेका हुन् । सरकारी स्रोतसाधन दुरुपयोग नगर्ने गरी देउवाले यसअघि नै हेलिकोप्टर प्रयोग अनुमति लिइसकेका हुन् ।



    यता एमाले अध्यक्ष ओलीले पनि निर्वाचन आयोगसँग हेलिकोप्टर प्रयोगको अनुमति लिइसकेका छन् । निर्वाचन आयोगका अनुसार एमालेले हिजो आयोग पुगेर अनुमति लिएको हो ।

    निर्वाचन आचारसंहितामा पार्टीका मुख्य प्रचारकले मात्र हेलिकोप्टर प्रयोग गर्न पाउने व्यवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार