Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कांग्रेस महानगरको उम्मेदवार छान्ने जिम्मा देउवालाई

    कांग्रेस महानगरको उम्मेदवार छान्ने जिम्मा देउवालाई

    अनलाइन नेपाल
  • आइतबार, ११ बैशाख २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको महानगरमा टिकट वितरणमा विवाद भएपछि सभापति शेरबहादुर देउवा एक्लैले टिकट तोक्ने अधिकार लिएका छन् ।

    आइतबार दिउँसो बसेको कार्यसम्पादन समितिको बैठकले देउवालाई संसदीय समितिको अधिकार दिएको हो ।



    अब महानगरको उमेदवार देउवाले आवश्यक परामर्श गरेर एक्लै टुंग्याउने कांग्रेस नेताहरूले बताएका छन् ।



    महानगरपालिकामा टिकट वितरण गर्ने सन्दर्भमा सभापति देउवा र महाधिवेशनमा सभापतिका निकटतम प्रतिद्वन्द्वी शेखर कोइरालाबीच विवाद बढेका थियो ।

    नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सभापति देउवाले विधि मिचेर टिकट वितरण गर्न खोजेको आरोप लगाए ।

    उम्मेदवार छनोट गर्न सानेमा बसेको बैठकमा विरोध जनाउँदै नेता केसीले आपत्ति जनाएका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार