Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • चुनावपछि मात्रै एमसीसी अघि बढाउने प्रचण्डको प्रस्ताव, जवाफमा देउवा र ओलीले के भने ?

    चुनावपछि मात्रै एमसीसी अघि बढाउने प्रचण्डको प्रस्ताव, जवाफमा देउवा र ओलीले के भने ?

    अनलाइन नेपाल
  • आइतबार, २३ माघ २०७८
  • 1.4K
    SHARES

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनपछि मात्रै एमसीसी सम्झौता संसदबाट अघि बढाउनु पर्ने प्रस्ताव पेस गरेका छन्।

    आइतबार अपरान्ह बालुवाटारमा भएको प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा माओवादी अध्यक्ष प्रचण्डले यस्तो प्रस्ताव पेस गरेका हुन्।



    प्रचण्डको प्रस्तावमा प्रधानमन्त्री देउवा र ओलीले भने कुनै टिप्पणी गरेनन् । छलफलमा प्रधानमन्त्री देउवाले एमसिसी पास गर्न एमाले अध्यक्ष ओलीसँग सहयोग मागेका थिए । जवाफमा ओलीले पहिला सत्तारूढ गठबन्धन यस विषयमा स्पष्ट हुनुपर्ने बताएका छन्।



    यसअघि प्रधानमन्त्री देउवा र प्रचण्डले गत असोजमा एमसिसीलाई पत्र लेख्दै चार-पाँच महिनामा आफूहरूले एमसिसी संसदबाट पास गर्ने वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए।

    उनीहरूको प्रतिवद्धता अनुसार एमसिसीले जवाफी पत्र लेख्दै फेब्रुअरी २८ (फागुन १६) सम्म संसदबाट सम्झौता अनुमोदन नभए अर्को कदम चाल्ने बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार