Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सिंहदरबारबाट बाहिरिए लगत्तै बालुवाटार पुगेका प्रचण्ड देउवाको अडानपछि हच्किए !

    सिंहदरबारबाट बाहिरिए लगत्तै बालुवाटार पुगेका प्रचण्ड देउवाको अडानपछि हच्किए !

    अनलाइन नेपाल
  • बिहिबार, १२ फाल्गुन २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सत्ता साझेधार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

    अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीले नै छलफल गर्नका लागि बोलाएको माओवादीका एक नेताले जानकारी दिए ।



    यसअघि अध्यक्ष प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसीबारे एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच सिंहदबारमा छलफल गरेका थिए।



    छलफलमा माधव नेपाल, झलनाथ खनाल र जसपाका नेताहरुको सहभागिता रहेको थियो। उनीहरुबीच एमसीसीबारे साझा रणनीति तय गर्नेबारे छलफल भएको थियो।

    एमसीसीबारे आजदेखि संसदमा छलफल सुरु हुँदैछ । संसद बैठक दिउँसो १ बजे बस्दैछ। एमसीसीका बुँदाहरु संशोधनसहित पास गर्नुपर्ने अडान राख्दै आएका प्रचण्ड प्रधानमन्त्री देउवाको अडानपछि हच्चिएका छन्।

    एमसीसीकै कारण नैतिक प्रश्नसमेत उठेको छ। उनलाई एमसीसीको पक्ष लिनुपर्ने अथवा सरकारबाट बाहिरिएर गठबन्धन तोड्नुपर्ने दुईमध्ये एक रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार