Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • शेखरसँगको वार्तापछि देउवा भेट्न माधवसहित बालुवाटार पुगे प्रचण्ड

    शेखरसँगको वार्तापछि देउवा भेट्न माधवसहित बालुवाटार पुगे प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, २७ माघ २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ ।

    बिहीबार बिहान साढे १० बजेपछि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको हो ।



    बालुवाटार स्रोतका अनुसार बिहिबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड र माधव बालुवाटार पुगेका थिए । उनीहरुबीच करिब १ घण्टा छलफल भएको स्रोतको भनाइ छ।



    छलफलमा समसामयिक राजनीतिक घटनाक्रम, एमसीसी, स्थानीय चुनाव र गठबन्धनबारे कुराकानी भएको बुझिएको छ।

    त्यसअघि आजै बिहानमात्रै माओवदी अध्यक्ष प्रचण्डले काँग्रेस नेता शेखर कोइरालासँग पनि आफ्नै निवास खुमलटारमा छलफल गरेका थिए । प्रचण्डसँगको भेटमा कोइरालाले आफू चुनावी गठबन्धनको पक्षमा नरहेको बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार