Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीचको छलफल सकियो, साँझ पुनः वार्ता हुने

    प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीचको छलफल सकियो, साँझ पुनः वार्ता हुने

    अनलाइन नेपाल
  • बिहिबार, १२ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच संसद भवन नयाँ बानेश्वरमा भएको छलफल सकिएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीबीच एमसीसी र संसद सञ्चालनका विषयमा बिहीबार साँझ पुन छलफल गर्ने तय भएको कांग्रेस महामन्त्री गगन थापाले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।



    दुई शीर्ष नेताबीचको भेटवार्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस महामन्त्री ईश्वर पोखरेल र एमालेसंसदीय दलका उपनेता सुवास नेम्वाङ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सहभागी थिए ।



    एमसीसीमाथि छलफल गर्नेगरी बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएपछि कांग्रेस र एमालेका शीर्ष नेताबीच भेटवार्ता भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार