Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • बालकोट वार्ता:

    प्रधानमन्त्री देउवासँगको छलफल सकारात्मक भएको ओलीको प्रतिक्रिया

    प्रधानमन्त्री देउवासँगको छलफल सकारात्मक भएको ओलीको प्रतिक्रिया

    अनलाइन नेपाल
  • शनिबार, २४ पुष २०७८
  • 1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ ।

    प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई भेट्न प्रधानमन्त्री देउवा शनिबार विहान भक्तपुरको बालकोटस्थित ओली निवास पुगेका थिए ।



    भेटपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले कुराकानी सकारात्मक भएको बताए ।



    स्रोतका अनुसार भेटमा एमालेले संसदमा गरिरहेको अवरोध अन्त्य गर्ने विषयमा र अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता अगाडि बढाउने विषयमा  छफल भएको थियो।

    भेटपछि बाहिरिएका ओलीले कुराकानी राम्रो भएको प्रतिक्रिया दिएको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार