Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रधानमन्त्रीको सन्देश बोकेर गृहमन्त्री खाँणले गरे खुमलटारदेखि बालकोटसम्मको यात्रा

    प्रधानमन्त्रीको सन्देश बोकेर गृहमन्त्री खाँणले गरे खुमलटारदेखि बालकोटसम्मको यात्रा

    अनलाइन नेपाल
  • बुधबार, ११ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । बुधबार बिहान प्रधानमन्त्री एवं सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सन्देश लिएर गृहमन्त्री बालकृष्ण खाँण एकाबिहानै आफ्नो निवासबाट बाहिर निस्के । सबैभन्दा पहिले उनीनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेका थिए।

    बिहान ८: ३०मा प्रचण्ड निवास खुमलटार पुगेका गृहमन्त्री खाँणले माओवादी अध्यक्ष प्रचण्डसँग एमसीसीबारे छलफल गरेका थिए । लगत्तै खाँणपछि प्रधानमन्त्री देउवाले पनि प्रचण्डसँग छलफल गरेका थिए।



    विहान साढे ८ बजे प्रचण्ड निवास पुगेका खाँण प्रचण्डसँगको छोटो छलफललगतै ओली निवास बालकोट पुगेका थिए । बिहीबार संसदबाट एमसीसी पारित गर्नुपर्ने बाध्यता भएकाले गृहमन्त्री आफ्नो दौडधुप बढाएका हुन्।



    बालकोटमा ओलीले गृहमन्त्रीखाँणलाई एमसीसीको विषयमा एमाले स्पष्ट रहेको सन्देश दिएका थिए । तरत्यसका लागि सरकारले एमालेलाई न्याय दिनुपर्ने ओलीको भनाइ थियो।

    ‘गृहमन्त्रीज्यूले एमसीसी संसदबाट अनुमोदन गर्न सहयोग माग गर्नुभयो,’ भेटवार्ताबारे ओलीनिकट एक नेताले अनलाइन नेपालसंग भने, ‘अध्यक्षज्युले एमसीसीका विषयमा एमाले स्पष्ट रहेको तर एमसीसी प्रक्रियामा सहभागी हुन पहिला एमालेलाई न्याय दिनुपर्ने बताउनुभयो ।’

    माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी पारितमा नसघाउने भएपछि प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष ओलीलाई सघाउन आग्रह गरेका छन्। प्रतिनिधिसभाको बैठक भोलिबस्दै छ। यसअघि बसेको बैठकमा एमसीसी टेबुल भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार