Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • गृहमन्त्री खाँणद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

    गृहमन्त्री खाँणद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

    अनलाइन नेपाल
  • बुधबार, २१ बैशाख २०७९
  • 1.3K
    SHARES

    भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन्।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका निमित्त प्रमुख अनुप केसीले बुधबार बिहान निरीक्षण गरी गृहमन्त्री खाँणले अन्तर्राष्ट्रिय फ्लाइटबारे जानकारी लिएको जानकारी दिए।



    खाँणले विमानस्थलको प्राविधिक पक्षबारे पनि जानकारी लिए।



    गृह मन्त्रालय अन्तर्गत गर्नु पर्ने काम पूरा भए नभएकोबारे पनि निरीक्षणका क्रममा गृहमन्त्री खाणले अध्यागमन कार्यालयसँग जानकारी लिएका हुन्।

    विमानस्थलमा आगामी जेठ २ गते बुद्ध जयन्तीको अवसर पारेर पहिलो अन्तर्राष्ट्रिय फ्लाइट गर्ने तयारी भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार